नियम २३
चालक अनुमतिपत्रको नवीकरण
(१) चालकले ऐनको दफा ५६ बमोजिम चालक अनुमतिपत्रको नवीकरणको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो अनुमतिपत्र दिने कार्यालयमा अनुसूची–२१ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम चालक अनुमतिपत्रको नवीकरणको लागि दरखास्त दिंदा अनुसूची–१८ बमोजिमको ढाँचाको निरोगीताको प्रमाणपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम चालक अनुमतिपत्रको नवीकरणको लागि दरखास्त पर्न आएमा कार्यालयले आवश्यक जाँचबुझ गरी त्यस्तो चालक अनुमतिपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही चालक अनुमतिपत्र नवीकरण गरी सो को व्यहोरा अनुसूची–१९ बमोजिमको चालक अनुमतिपत्र दर्ता किताब तयार गरी राख्नु पर्नेछ ।
(४) एउटा कार्यालयबाट दिइएको चालक अनुमतिपत्र उपनियम (३) बमोजिम अर्को कार्यालयबाट नवीकरण गरिएकोमा नवीकरण गर्ने कार्यालयले यथासक्य छिटो सो कुराको जानकारी त्यस्तो चालक अनुमतिपत्र दिने कार्यालयलाई दिनुपर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा चालक अनुमतिपत्र दिने कार्यालयले पनि त्यस्तो चालक अनुमतिपत्र नवीकरण भएको व्यहोरा अनुसूची–२३ बमोजिमको दर्ता किताबमा जनाउनु पर्नेछ ।